श्रम संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामा पक्राउ परेपछि अध्यक्ष हर्क साम्पांगले यसो भने-
के भएको हो सो बुझेर जानकारी दिनेछौँ ! कुरा बुझ्दा क्रान्तिको बेलाको कुरा भन्ने सुन्दैछु ! प्रतिषोध भन्ने आको छ प्रारम्भिक !
पार्टीका उपाध्यक्ष लामालाई प्रहरीले पक्राउ गरेको हो ।
कुमार, विश्वक्रान्ति, देवराज लामा भन्ने लामालाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएकाे छ।
२०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा संलग्न मुद्दामा जेलबाट छुटेका लामा अहिले पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका हुन्।
