काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ ।
अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल यतिवेला महाधिवेशन स्थल पुगेका छन् ।
उनले नेता कार्यकर्तासँग मत माग्न थालेका छन् । मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलाइ भएको छ । यद्यपि मतदाताहरू लाइन लागेर बसेका छन् ।
अध्यक्ष केपी शर्मा ओली मतदानस्थल पुगेपछि मतदान सुरु गर्ने तयारी छ ।
