काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदै छ ।
उम्मेदवारहरु यतिवेला नेता कार्यकर्तासँग मत माग्न व्यस्त छन् ।
मत माग्न कतिपय उम्मेदवारले फरक फरक शैली अपनाइरहेका छन् । केन्द्रीय सदस्यका उम्मेदवार तुलसी न्यौपानेले भने तुलसीको बोट नै हातमा बोकेर मत मागिरहेका छन् ।
पवित्र बिरुवा तुलसी आफ्नो नामसँग मिलेकोले यो बिरुवा बोकेरै मत मागेको उनले बताए ।
