• Friday 16th of October 2026

एमाले अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल भन्छन् : प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई अन्यथाको रूपमा लिन नहुने बताएका छन्।

महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्न व्यस्त रहेका पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने प्रक्रियामा सहभागी भएको बताए।

उनले भने, ‘यो महाधिवेशनमा लोकतान्त्रिक विधिद्वारा नेतृत्व चयन गर्ने जुन कुरा छ, साथीहरूले खुलाखुल्लस्त ढङ्गले त्यसलाई अपनाउनुभएको छ। यो चिज एकदम राम्रो छ।’

उनले प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिन नहुने बताए।त्यसबारे उनले भने, ‘तिक्ततापूर्ण भन्दा पनि एउटा परिस्थिति जन्य कतिपय कुराहरू हुन्छन्। त्यो परिस्थिति जन्य त्यसबेला एउटा हाम्रो पार्टीलाई गम्भीर विभाजनको सङ्कटबाट बचाउनुपर्ने आवश्यकता थियो। त्यसबेला हामी एउटा सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता थियो। अहिले हामी त्यो अवस्थामा छैनौँ।’

नेकपा एमालेभित्र विचार, सङ्गठनको मामलामा सबै एक रहेको जिकिर गरे। उनले थपे, ‘कार्यसम्पादन गर्ने शैलीलाई थप व्यवस्थित गर्नुपर्छ, विचारलाई पनि हामी थप व्यवस्थित गर्नुपर्छ, सङ्गठनलाई थप व्यवस्थित गर्नुपर्छ भन्ने मान्यताको आधारमा हाम्रा साथीहरू उभिनुभएको छ। यसलाई अन्यथा पनि लिनुहुन्न।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖