• Friday 16th of October 2026

एमाले मतदान अपडेट : राति १२ बजेसम्म मतदानस्थल प्रवेश गर्न पाइने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको जारी मतदानमा प्रतिनिधिहरूलाई मतदानस्थलमा प्रवेश गर्ने समय फेरि बढाइएको छ ।

यसअघि साँझ ८ बजेसम्म प्रवेश गर्न दिइएको अनुमतिको समय बढाएर १० बजेसम्मका लागि पुर्‍याइएको थियो । महासचिव शंकर पोखरेलका अनुसार, अब राति १२ बजेसम्म प्रतिनिधिहरू मतदानस्थलमा प्रवेश गर्न पाउनेछन् ।

केन्द्रीय निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार, १२ सय मत खसिसकेको छ ।

मतदानस्थलमा प्रवेश गरेका प्रतिनिधिहरू भने नाचगान तथा गफगाफमा व्यस्त छन् ।

प्रतिनिधिहरू ‘होल्ड’ गर्न बसेको ठाउँमा आराम गरिरहेका भेटिन्छन् । केही समूह–समूहमा बसेर नयाँ नेतृत्व र पार्टी राजनीतिबारे गफिएका देखिन्छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖