• Friday 16th of October 2026

जाँचबुझ आयोगको कठघरामा ओली र लेखक


  • धनकुटा खबर
  • .

काठमाडौं । भदौ २३ र २४ गतेको जेन-जी विद्रोहसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अर्को साता बयानका लागि बोलाउने तयारी गरेको छ।

आयोगको टोलीले म्याद थपका लागि प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने क्रममा राजनीतिक दलका अन्य नेतालाई पनि बयानका लागि बोलाउने तयारी रहेको जानकारी दिएको छ।

अध्यक्ष कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी भएको बताए।

अध्यक्ष कार्कीले भने, “बयान सबै भइराखेको छ। तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत अर्को हप्ता बयानका लागि बोलाउने तयारी छ।”

सञ्चारकर्मीले ओली र लेखक बयानका लागि नआए के हुने हो भनी प्रश्न गर्दा अध्यक्ष कार्कीले भने, “पछिको कुरा पछि नै हुन्छ।”

भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा धेरै घाइते भएका थिए।

यसक्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी भवनहरू मात्र नभएर पार्टीका केन्द्रीय कार्यालय, नेताहरूका निजी निवास तथा व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी तथा लुटपाट भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖