• Friday 16th of October 2026

एमाले मतगणना अपडेट : मतगणना सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मेसिनबाट चिप्स निकाल्ने काम सकिएसँगै मतगणनाको काम सुरु भएको हो ।

आयोगका अनुसार, ८० वटै मेसिनबाट चिप्स निकालिसकिएको छ ।

करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ ।

बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतगणनाको प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖