काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा प्यानल भोटिङको प्रारम्भिक रुझान देखिएको छ । पहिलो चरणमा सार्वजनिक भएको मतपरिणाममा संस्थापन पक्ष उम्मेदवारहरु अगाडि छन् ।
अध्यक्षमा केपी शर्मा ओलीले ईश्वर पारखेललाई फराकिलो मतान्तरले पछाडि पारिरहेका छन् । पछिल्लो अपडेट अनुसार ओलीको ३३३ र पोखरेलको ११० मत छ । महासचिव पनि ओली पक्षका शंकर पोखरेलले अग्रता बढाएका छन् । पोखरेलले २४९ मत ल्याउँदा १९४ मतमा छन् ईश्वर समूहका सुरेन्द्र पाण्डे ।
एमालेमा ५ जना उपाध्यक्षका लागि भइरहेको भिडन्तमा ओली पक्षका ४ जना अहिलेसम्म टप ५ मा छन् । सो प्यानलबाट क्रमशः पृथ्वीसुब्बा गुरुङ, बिष्णुप्रसाद पौडेल र रामबहादुर थापा बादल पछिल्लो अपडेटमा टप ३ भित्र परेका छन् ।
चौंथो नम्बरमा ईश्वर पोखरेल समूहबाट गोकर्ण विष्ट छन् भने पाचौं नम्बरमा ओली समूहका रघुजी पन्तले पछ्याइरहेका छन् ।
