• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

एक हप्ताभित्र सुरक्षा टिम गठन गर्न ओलीको निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् ।

बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै उनले भने, ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग।’

उनले भदौ २४ गते आफूहरूलाई धोका भएको भन्दै टोलटोलमा सुरक्षा दस्ता तयार पार्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले राज्य संयन्त्रमाथि विश्वास नभएको भन्दै उनले थपे, ‘धोका पाउन सक्छौँ । आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ । शान्ति सुरक्षा आफैँले गर्नुपर्छ ।’

उनले एक हप्ताभित्र सुरक्षा टिम बनाउन निर्देशन पनि दिए । ‘एकहप्ताभित्र सुरक्षा टिम बनाउनू, जेनजीको नाममा धाकधम्की आउनसक्छ’ उनले भने।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖