• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

सबैभन्दा लोकप्रिय भोटसहित एमाले केन्द्रीय कमिटीमा सुहाङको डेब्यु


  • धनकुटा खबर
  • .

एमालेका युवा नेता सुहाङ नेम्वाङले लोकप्रिय भोट सहित एमाले केन्द्रीय नेतृत्वमा डेब्यू गरेका छन् ।

१७ सय २१ मतसहित नेम्वाङले खुल्ला क्लस्टरबाट केन्द्रीय सदस्य जितेका हुन् । केपी ओली पक्षले सुरूमा प्यानलमा नराखेपछि उनले ‘स्वतन्त्र’ रूपमा उम्मेदवारी दिएका थिए ।

पछि उनलाई ओली पक्षले अन्तिम सूचीमा समेट्यो । सुहाङलाई ईश्वर पोखरेल प्यानलमा पनि राखिएको थियो । सुहाङ एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका सुपुत्र हुन् ।

पिताको देहावसानपछि उनको बिँडो थाम्ने अठोटसहित उनी राजनीतिमा होमिएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖