• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा सक्रिय , समानुपातिक उम्मेदवार बनाउने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिमा सक्रिय हुन लागेका छन् । सोहीअनुसार उनलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाउने तयारी गरेको छ ।

रास्वपाले बिहीबार सार्वजनिक गरेको समानुपातिकको प्रारम्भिक सूचीमा मधेसको सिराहाबाट उनको नाम समेटिएको छ । उनको नाम सिराहाबाट मधेशी कोटामा सूचीकृत भएको हो ।

रास्वपाले आन्तरिक चुनावी प्रक्रियामार्फत समानुपातिक सूची टुंगो लगाउन प्रक्रिया अघि बढाइसकेको छ ।

यसैबीच रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत उनलाई पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖