काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले ‘स्यालुट’ गर्दै चितवन विमानस्थलबाट भैरहवा पठाएको छ । काठमाडौंबाट चितवन विमानस्थल पुगेका लामिछानेलाई विमानबाट ओर्लिदै गर्दा प्रहरी अधिकारीले ‘ल्यालुट’ गरेका थिए ।
लामिछानेलाई प्रहरीले पूर्वगृहमन्त्रीको रूपमा ‘ल्यालुट’ गरेका हुन् । हाल लामिछानेमाथि विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । सोही आरोपमा गत कात्तिकदेखि पुर्पक्षका लागि रुपन्देही कारागार हुँदै नक्खु कारागारमा अड्डासार गरिएको थियो ।
बिहीबार उच्च अदालत तुलसिपुरको बुटवल इजलासले धरौटीमा छोड्ने आदेश गरेसँगै नक्खु कारागारबाट चितवन हुँदै भैरहवातर्फ पुगेका छन् । आज नै कानुनी प्रक्रिया पूरा गरी रिहा हुनेछन् ।
