• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाबाट डिपोर्ट भए ७५ नेपाली नागरिक, ३० वर्षसम्म बसेका पुरूष पनि डिपोर्ट


  • धनकुटा खबर
  • .

अमेरिकी सरकारले थप ७५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ।
चार्टर्ड विमानमार्फत बिहीबार ७५ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिपोर्ट गरिएको हो। तीमध्ये तीन जना महिला छन्।

उनीहरूलाई डिपोर्ट गरिएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोधपुछ गरेको थियो।

यसरी फर्काइएका नेपालीहरू दुई जना भिजिट भिसामा पुगेकाहरू समेत छन्।

अन्य व्यक्तिहरू भने ‘तल्लो बाटो’ हुँदै अमेरिका पुगेकाहरू रहेको ब्युरो प्रमुख एवं एसएसपी कृष्ण पंगेनीले बताए।

‘तल्लो बाटोबाट अमेरिका पुग्नेले कम्तीमा पनि २० लाख रुपैयाँ खर्च गरेको देखिएको छ। अधिकतम एक करोड रुपैयाँसम्म समेत खर्च गर्ने भेटियो,’ उनले भने।

यसरी फर्काइएकामध्ये एक जना भने ३० वर्षसम्म बसेका व्यक्ति समेत रहेका छन्।

फर्काइएका उनीहरूलाई प्रहरीले ७ महिनासम्म हिरासतमा राखेको देखिएको छ।

पछिल्लो सात वर्षमा ६६६ जना नेपाली नागरिकहरू फर्काइएका छन्। त्यसमध्ये अधिकांश व्यक्तिहरू अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि फर्काइएका हुन्।

‘धेरै त ट्रम्प प्रशासन आएपछि फर्काएको तथ्यांकमा देखिन्छ,’ उनले भने। ट्रम्प प्रशासनपछि ४०९ पुरूष र ३० महिलालाई फर्काइएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖