• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

सचिवमा हारेपछि बाँस्कोटाले भने – च्याँखे जितियो, अब पार्टीले अह्राएको काम गर्छु


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीको ११औँ महाधिवेशनमा सचिव पदमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित भएपछि आफूले ‘खाल हारेर च्याँखे जितेको’ टिप्पणी गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बाँस्कोटाले अब पार्टीले अह्राएको काम गर्ने र जिम्मेवारी नपाए सुन्ने, हेर्ने र ताली बजाउने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्,’भनेकै थिएँ– जिते चलाउने, हारे सघाउने। खाल हारियो, च्याँखे जितियो। अब लाए–अह्राएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउने। तर, कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने केही छ अब थप ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖