• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

एपस्टीन सेक्स स्क्यान्डल : अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन केटीहरूसँग पौडी खेलिरहेको देखियो


  • धनकुटा खबर
  • .

अमेरिकी न्याय विभागले शुक्रबार राति जेफ्री एपस्टीनसँग सम्बन्धित अनुसन्धानको सम्बन्धमा ३ लाख दस्ताबेज सार्वजनिक गरेको छ।

यसमा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, पप गायक माइकल ज्याक्सन, हलिउड अभिनेता क्रिस टकर, बेलायती राजकुमार एन्ड्रयू जस्ता सेलिब्रेटीहरूको तस्बिरहरू पनि समावेश छन्।

केही तस्बिरहरूमा क्लिन्टनले पोखरीमा पौडी खेलेको र केटीहरूसँग पार्टी गरिरहेको देखाइएको छ। यद्यपि, धेरैजसो तस्बिरहरूमा कहाँ खिचिएको हो भन्ने कुरा स्पष्ट छैन।

एक तस्बिरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ६ जना महिलासँग देखिएका छन् । ती महिलाहरूको अनुहार भने लुकाइएको छ।

एपस्टीन प्रकरणसँग सम्बन्धित धेरै कागजात पहिल्यै सार्वजनिक भइसकेका छन्। यसमा सन् २०२१ मा गिस्लेन म्याक्सवेलमाथि चलेको आपराधिक मुद्दा, न्याय मन्त्रालयका रिपोर्टहरू र विभिन्न दीवानी मुद्दाका कागजात समावेश छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖