• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रबिले सरकारलाई दिए यस्तो चेतावनी


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनका मागप्रति अडिग रहन सरकारलाई कडा चेतावनी दिएका छन्। सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएपछि चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई जेन–जीका मागलाई गम्भीर रूपमा लिन आग्रह गरेका हुन्।

रिहाइपछिको पहिलो सार्वजनिक राजनीतिक सम्बोधनमा सभापति लामिछानेले जेन–जीका मागलाई सामान्य मागको रूपमा नलिन आग्रह गर्दै यसलाई एउटा ऐतिहासिक आन्दोलनको रूपमा व्याख्या गरे। उनले भने, “सरकारले खुट्टा कमाउनुपर्ने केही छैन, जेन–जीको मागमा अडिग रहोस्।” उनका अनुसार जेन–जीका आवाजहरू दबाउने प्रयास भए पनि ती मागहरू जनताको भावना र भविष्यसँग जोडिएका छन्।

सभापति लामिछानेले वर्तमान राजनीतिक परिस्थितिमा निर्वाचन नै समस्याको एकमात्र वैधानिक विकल्प भएको पनि स्पष्ट पारे। उनले जनताको मतबाटै राजनीतिक निकास खोजिनुपर्ने धारणा व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए।

आफूमाथि सहकारी ठगी प्रकरणमा प्रतिशोध साधेर मुद्दामा फसाइएको आरोप लगाउँदै लामिछानेले त्यसबाट विचलित नहुने बताए। उनले भ्रष्टाचारविरुद्धको आफ्नो अडान दोहोर्‍याउँदै भने, “म जिउँदो रहेसम्म भ्रष्टाचारविरुद्ध लडिरहनेछु।”

सभापति लामिछानेको यस अभिव्यक्तिलाई रास्वपाको आगामी राजनीतिक रणनीति र सरकारप्रतिको दबाबका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖