• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

भोलिदेखि देश तात्ने संकेत, जेनजी मिराज ढुङ्गाना समूह सडकमा, सर्वपक्षीय सरकारको माग


  • धनकुटा खबर
  • .

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत समूहका संयोजक मिराज ढुङ्गानाले आन्दोलनको औपचारिक घोषणा गरेका हुन्।

ढुङ्गानाले भोलि बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा उपस्थित हुन सबै नागरिकलाई आह्वान गरेका छन्। उनका अनुसार जेनजी आन्दोलनलाई धोका दिइएको छ र अब सर्वपक्षीय सरकार गठन नगरेसम्म आन्दोलन जारी रहनेछ।

पत्रकार सम्मेलनमा ढुङ्गानाले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै वर्तमान राजनीतिक व्यवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले यो आन्दोलन कुनै दल विशेषविरुद्ध नभई जनताको अधिकार र विश्वास पुनर्स्थापना गर्न केन्द्रित रहेको बताए।

जेनजी समूहको यो घोषणासँगै देशभर राजनीतिक तापक्रम बढ्ने संकेत देखिएको छ। अबको आन्दोलनले कस्तो रूप लिन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖