• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रविलाई स्वागत गर्न बाजागाजा सहित पार्टी कार्यालय पुगे रास्वपाका कार्यकर्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्कने भएसँगै उनका समर्थक र कार्यकर्ता बनस्थलीस्थित पार्टी कार्यालयमा स्वागतको तयारीसहित उपस्थित भएका छन्। बाजागाजा र नाचगानसहित लामिछानेको स्वागत गर्ने तयारी भइरहेको छ।

२ सय ६० दिनको कारागार बसाइपछि लामिछाने पछिल्लो पटक २०८१ चैत १८ गते पार्टी कार्यालय पुगेका थिए। त्यसपछि उनी आज पुनः पार्टी कार्यालय जाँदै छन्। लामिछाने पार्टी कार्यालय पुगेलगत्तै रास्वपाको केन्द्रीय समिति बैठक बस्नेछ। बैठकलाई लामिछानेले सभापतिका रूपमा सम्बोधन गर्ने छन्। बैठकपछि पार्टी कार्यालयमा पुगेका शुभेच्छुकलाई उनले छोटो सम्बोधन गर्ने जनाइएको छ।

लामिछाने पहिलो पटक २०८१ कात्तिक २ गते रास्वपाको केन्द्रीय पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए। पोखरा, काठमाडौँ, रुपन्देही र चितवनमा गरी ८४ दिन हिरासत बसाइपछि उनी पार्टी कार्यालय फर्किएका थिए। चैत १८ गतेको केन्द्रीय समिति बैठकमा सहभागी भएका लामिछाने त्यसपछि पार्टी कार्यालय जान पाएका थिएनन्।

उनी चैत २२ गते उच्च अदालत तुलसीपुरको आदेशसँगै बुढानिलकण्ठस्थित निवासबाट पुनः पक्राउ परेका थिए। त्यसपछि उनलाई कारागार चलान गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖