काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा विभिन्न विषयहरूमा छलफल भएको छ ।
आइतबार पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बैठक बसेको थियो ।
बैठकमा पार्टी सभापति लामिछानेले कार्यवाहक सभापति डोल प्रसाद अर्यालले पार्टीलाई सङ्गठित र अनुशासित रूपमा सम्हालेकामा धन्यवाद दिए । लामिछानेले पार्टीका विभिन्न तह,तप्कामा रही आफ्नो जिम्मेवारी पूरा गर्ने सबैप्रति आभार व्यक्त गरे ।
लामिछानेले बैठकमा भने,’हामी अहिले उत्साहित हुन सक्छौँ तर उत्सव मनाउने बेला होइन। अझै धेरै सङ्घर्ष बाँकी छ र धेरै जिम्मेवारी बाँकी छ ।’
साथै उनले पार्टीको विभिन्न जिम्मेवारीमा रहेका सबैलाई संयमित र अनुशासित हुन अनुरोध समेत गरे । लामिछानेले भावुक हुँदै डिपी अर्यालसम्बन्धी एउटा प्रसङ्गको समेत चर्चा गरे ।
लामिछानेले भने,’एक पटक पार्टी कार्यवाहक सभापति डीपी अर्याल उहाँलाई भेट्न नख्खु कारागार पुग्नुभएको थियो । कार्यवाहक सभापति डीपी अर्यालले लामिछानेलाई भने पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु । देशलाई अहिले तपाईंको खाँचो छ । तपाईँ बाहिर जानुस्“ त्यस्तो गर्न पाए म तयार छु ।’
