• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा


  • धनकुटा खबर
  • .

वासिङ्टन डिसी । अमेरिकाले भेनेजुएलाको तट नजिकै फेरि अर्को तेल ट्याङ्कर कब्जामा लिएको छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमका अनुसार अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित ट्याङ्कर नियन्त्रणमा लिएको यो दोस्रो पटक हो।

यसअघि डिसेम्बर १० मा पनि अमेरिकाले यसैगरी तेल ट्याङ्कर कब्जा गरेको थियो, जसलाई भेनेजुएला सरकारले ‘समुन्द्री डकैती’ र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लङ्घनको संज्ञा दिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला आउने–जाने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी गर्न आदेश दिएपछि अमेरिकी सेना आक्रामक रूपमा प्रस्तुत भएको हो। ट्रम्पले पछिल्लो एक अन्तर्वार्तामा अमेरिकाले आगामी दिनमा पनि थप तेल ट्याङ्करहरू कब्जा गर्ने अभियान जारी राख्ने चेतावनी दिएका छन्। यो कदमले वासिङ्टन र काराकासबीचको कुटनीतिक तथा सामरिक तनावलाई झन् उत्कर्षमा पुर्‍याएको छ।

मुख्य रूपमा तेल निर्यातमा निर्भर रहेको भेनेजुएलाको अर्थतन्त्रमा यो कब्जाले गम्भीर धक्का पुगेको छ। भेनेजुएला सरकारले अमेरिकाको यो कार्यलाई स्पष्ट चोरी र अन्तर्राष्ट्रिय समुन्द्री नियमहरूको धज्जी उडाउने काम भनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖