काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् ।
उनीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसका सांसदहरूले हस्ताक्षर गरिरहेको स्थानमा पुगेर हस्ताक्षर गरेका हुन् ।
कांग्रेसको संसदीय दल स्रोतका अनुसार उनीहरू सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन् ।
यो सँगै पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गर्ने सांसदको सङ्ख्या १४३ पुगेको छ । एमालेका ७५, कांग्रेसका ६५ र यी तीन गरी हस्ताक्षर गर्ने १४३ सांसद पुगेका हुन् ।
