• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बालेनलाई प्रधानमन्त्री बनाउने गरी चुनावमा जाने प्रस्ताव गरिएको दाबी


  • धनकुटा खबर
  • .

सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएर आएपछि रास्वपा सभापति रवि लामिछानेले पछिल्लो दुई दिनमा दोस्रो पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्।

उनीहरूको पहिलो भेटवार्ता आइतबार भएको थियो भने अहिले पनि रास्वपाका पूर्वसांसद असिम शाहको घरमा लामिछाने र बालेन समूहबीच भेटवार्ता जारी छ। आजको भेटवार्ता तीन घन्टादेखि चलिरहेको स्रोतले बतायो।

रविले फागुन २१ को आमनिर्वाचनमा बालेनलाई नै प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्ने प्रस्ताव राखेको बालेन निकट स्रोतले बताएको छ।
यसका लागि बालेनसमेत संलग्न ‘देश विकास पार्टी’ र रास्वपा एकीकरण गर्ने र एकीकृत पार्टीको नाम रास्वपा राख्ने प्रस्ताव गरिएको बालेन निकट स्रोतले दाबी गरेको छ।

रास्वपा स्रोतले भने बालेनसँग सहकार्य गरेर जानेबारे छलफल भइरहे पनि यति विस्तृतमा कुराकानी नभएको बतायो।

रास्वपाका प्रवक्ता मनीष झाले आपसी सहकार्यबारे कुराकानी भइरहेको जानकारी दिए।

दुई दिनमा दोस्रोचोटि भइरहेको भेटघाटमा रास्वपा तर्फबाट रवि लामिछाने, डोलप्रसाद अर्याल र असिम शाह सहभागी छन्। बालेन तर्फबाट कुमार बेन, निश्चल बस्नेत लगायत सदस्यहरू पनि सहभागी छन्।

लामिछाने सहितको रास्वपा टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖