• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

५ घण्टापछि सकियो रवि–बालेन भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच सोमबार राति लामो भेटवार्ता भएको छ । कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको छलफल करिब ५ घण्टा चलेको स्रोतले जनाएको छ ।

सोमबार साँझ ८ बजेदेखि सुरु भएको वार्ता मंगलबार बिहान १ बजेसम्म निरन्तर चलेको थियो । छलफलमा रास्वपाको तर्फबाट सभापति लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी थिए भने बालेन समूहको तर्फबाट बालेन शाहसहित वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए ।

स्रोतका अनुसार भेटवार्तामा आगामी दिनमा चुनावी तालमेल र सम्भावित सहकार्यका विषयमा गम्भीर छलफल भएको थियो । औपचारिक निर्णय सार्वजनिक नभए पनि दुवै पक्षले संवादलाई सकारात्मक रूपमा अघि बढाउने सहमति जनाएका छन् ।

वार्तापछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीबाट बाहिरिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖