काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र बालेन साह ले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापाबाट उम्मेदवारी दिने सम्भावनाबारे आन्तरिक तयारी थालेका छन्।
बालेन निकट स्रोतका अनुसार उनी पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली कै निर्वाचन क्षेत्र झापाबाट प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने मनस्थितीमा पुगेका हुन्।
स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सँगको राजनीतिक समन्वय र समझदारी सकारात्मक रूपमा टुंगिएमा बालेन झापाबाटै ओलीसँग चुनाव लड्नेछन्।
