• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रविलक्ष्मीको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे प्रचण्ड र माधव


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस ९ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

संयोजक प्रचण्ड र सहसंयोजक नेपालले डल्लुस्थित खनाल निवासमै पुगेर चित्रकारको स्वास्थ्य अवस्था बुझ्नुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा भएको आगजनीमा परी चित्रकार गम्भीर घाइते भएकी थिइन्। लामो समय भारतमा उपचार गराएर उनी स्वदेश फर्किएकी छन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖