• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

केपीको मुख र कांग्रेसको रुख देखिनु भएन :खगेन्द्र सुनार


  • धनकुटा खबर
  • .

काठमाडौँ: हाम्रो पार्टीका अध्यक्ष खगेन्द्र सुनारले नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरू एकत्रित हुनु अपरिहार्य भएको बताएका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस र एमालेले देश डुबाउने प्रयास गरिरहेकाले नयाँ शक्तिहरूले निर्माणको बाटो अपनाउनुपर्ने बताए।

सुनारले भने, “मरेका जेनजी र बाँचेका नेपालीको भविष्य हेर्ने हो। केपी ओलीको कब्जाबाट देशलाई मुक्त गराउन र देशवासीको भोलिको सुख सुनिश्चित गर्न एकता आवश्यक छ। कांग्रेसको रुख र ओलीको कब्जा देखिनु हुँदैन।”

उनी थपे, बालेन शाहले सक्रिय राजनीतिमा सहभागी हुन चाहना व्यक्त गरेकाले रवि लामिछाने, बालेन र कुलमानसँग समन्वय गरेर अघि बढ्न सुझाव दिएको जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖