काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारबीच आज भेटवार्ता भएको छ । भेटपछि सभापति सुनारले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त भेटवार्ताबारे जानकारी गराएका छन् ।
सुनारले कुरा गर्दै आफुसँग भएको संवाद उल्लेख गर्दै बालेनले आफूलाई खुला राजनीतिमा आउने सन्दर्भमा जिज्ञासा व्यक्त गरेको बताएका छन् । सुनारका अनुसार बालेनले भेटका क्रममा, “म पनि खुला राजनीतिमा आउने भए के गरौँ ?” भन्ने प्रश्न राखेका थिए ।
यसको जवाफमा आफूले परम्परागत दलको आलोचना गर्दै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औँल्याएको सुनारले बताएका छन् । उनले कांग्रेस र एमालेबीचको सहकार्यको चर्चा चलिरहेको सन्दर्भ जोड्दै, “गनाउने कांग्रेस एमाले त मिल्नुपर्छ भन्दै छन् भने, बनाउने हामी मिल्नुको विकल्प छैन ” भन्ने धारणा राखेको बताए ।-नेपाल प्रेस
