• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

देउवा बिरुद्द खगराज चुनाव नलड्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस ११। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता खगराज भट्ट प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। बिहीवार बसेको नेकपा डडेल्धुराको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूहरूको नाम सिफारिस गरेको छ। जसमा भट्ट नाम समावेश छैन।

यससँगै भट्टले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविुरुद्ध चुनाव नलड्ने पक्का भएको हो। अहिले भट्ट सुदूरपश्चिम प्रदेशसभा सदस्य छन्। धेरैले आगामी चुनावमा नेकपाबाट भट्ट उम्मेदवार बन्ने आँकलन गरेका थिए। तर अब उनी प्रदेशसभा सदस्य नै रहन चाहेको बुझिन्छ।

डडेल्धुरा बैठकको निर्णयअनुसार प्रत्यक्षमा महिलातर्फ निरादेवी जैरु, खुल्लातर्फ मानसिंह माल (क्रान्ति) र अनिल बोहरा तथा जेन्जी तर्फबाट मुकुन्द भट्टको नाम सर्वसम्मतरूपमा सिफारिस गरिएको छ।

नेपाली कांग्रेस डडेल्धुराले भने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन्। जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका देउवाले अन्तिम पटक निर्वाचन लड्ने तयारीमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖