• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सञ्चारमन्त्री जगदीश खरेलले देउवा, ओली र प्रचण्डलाई भेट्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेतालाई भेट्ने भएका छन् ।

सञ्चारमन्त्रीको सचिवालयका अनुसार खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई भेट्न लागेका हुन् ।

भेटका क्रममा चुनावको विषयमा छलफल हुने बताइएको छ ।

खरेलले सबैभन्दा पहिले देउवालाई महाराजगन्जस्थित निवासमै गएर भेट गर्नेछन् । त्यसपछि ११ बजे ओलीलाई गुण्डु निवास र प्रचण्डलाई खुमलटारस्थित निवासमै भेट्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖