काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्न तयार भएका छन् ।
रास्वपा सभापति रवि लामिछानेसँगको एक्ला एक्लै दुई चरणको छलफल पछि रवि र बालेन एकै ठाउँमा उभिन सहमत भएका हुन् ।
विश्वस्त स्रोतले बताए अनुसार अहिले सहमतिको अन्तिम खाकाको प्राविधिक काम सक्न दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा छन् ।
स्रोत : सिधाकुरा डट कम
