• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

जेनजी अभियन्ता भावना राउतले भनिन्: राजनीतिक इतिहासमै केपी शर्मा ओलीको जमानत जफत गराउने हैसियत आफूहरूसँग छ


  • धनकुटा खबर
  • .

जेनजी अभियन्ता भावना राउतले राजनीतिक इतिहासमै केपी शर्मा ओलीको जमानत जफत गराउने हैसियत आफूहरूसँग भएको बताएकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्ताे बताएकी हुन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह झापामा एमाले अध्यक्ष ओलीसँग चुनाव लडे जमानत जफत गराइदिन्छौँ भन्ने सुनिएको उल्लेख गर्दै उनले भनिन्,’हेक्का रहोस्, ओलीलाई बारम्बार सडक, आन्दोलन र जनदबाबबाट घुँडा टेकाउन बाध्य बनाउने यही पुस्ता हो । यो पटक बालेनले आँट मात्रै गरून् । हामी “युवा भोट गर्न गाउँ फर्क” जस्ता राष्ट्रव्यापी अभियान चलाएर ओलीको राजनीतिक इतिहासमै जमानत जफत गराउने हैसियत, सङ्गठन र एकता राख्छौँ।’

उनले आफूहरूको धैर्यलाई कमजोरी नठान्न समेत आग्रह गरिन् ।

‘घर–घरमा टाँसिनेछन् निर्मला पन्तका तस्बिरहरू, मधेस आन्दोलनमा मारिएका सहिदहरूको स्मृति, जेनजी आन्दोलनमा हत्या गरिएका र घाइते बनाइएका युवाका अनुहारहरू र ओली शासनकालमा भएका दमन, दम्भ र सत्ताको दुरुपयोगका प्रमाणहरू,’उनले अगाडि भनिन् ।

उनले आफूहरूको मौनता नेताहरूको शक्ति नभएको बताउँदै भनिन्,’हाम्रो मौनता त आँधी आउनु अघि को शान्ति हो ।’

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापामा ओलीसँग भिड्ने बालेनकाे चाहना रहेकाे बताइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖