• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

एमाले छोडेर भीम रावलको अभियानमा लागेका शाह बाजुराबाट सिफारिस


  • धनकुटा खबर
  • .

धनगढी । नेकपा (एमाले) परित्याग गरी नयाँ राजनीतिक यात्रा सुरु गरेका नेता प्रकाशबहादुर शाहलाई नेपाली कम्युनिस्ट पार्टीले बाजुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको छ।

शाह एमालेबाट अलग भएका थिए। एमाले परित्याग गरेपछि उनी नेता भीम रावलको नेतृत्वमा रहेको ‘मातृभूमि जागरण अभियान’ मार्फत नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्।

सुदूरपश्चिमको राजनीतिमा प्रभावशाली मानिने शाह यसअघिको प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित सांसद हुन् । उनले तत्कालीन एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको भूमिका निर्वाह गरिसकेका छन् ।

साथै, उनले प्रदेश सरकारमा चार वर्षसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नेतृत्व सम्हालेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖