• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

७० बाट ४० प्रतिशतसम्म झर्‍यो रास्वपा, बालेन अझै मानेनन्


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र साह(बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सक्रियतामा सुरु भएको वैकल्पिक भनिएका शक्तिहरूको मिलापको छलफल निकै सकारात्मक स्थितिमा पुगेको स्रोतले दाबी गरेको छ।

बिहीबारबाट विकसित घटनाक्रममा लगभग बालेन, रवि र ऊर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वका शक्तिहरू एक ठाउँमा आउने गरी छलफल भइरहेको स्रोतको भनाई छ। बालेनले निकट पात्रहरूको सहभागितामा देश विकास पार्टी खोल्न लगाएका छन् भने कुलमानले आफै संरक्षक रहने गरी उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन्।

बिहीबार ललितपुरको ज्वागल बालेन र रविको भेट भएको थियो। सोही भेटमा भएको छलफलअनुसार दुवै जनाले कुलमानसहित फेरि एक पटक निर्णायक वार्तामा बस्ने सहमति गरेका थिए। उक्त बैठकमा रविले ‘न्युट्रल भेन्यु’मा बस्ने प्रस्ताव गरेका थिए। तर, दुवै जना बिहीबारै भने बसेनन्।

तर, कुलमान र बालेन भने राति अबेरसम्म बसेर सहमति जुटाएको स्रोत बताउँछ। जसमा दुवै शक्ति मिलेर जाने र रास्वपासँग भरसक मिल्ने कोसिस गर्ने भन्ने निष्कर्ष निकालेका थिए।

त्यसपछि शुक्रबारै फेरि रास्वपा र बालेन निकट पात्रहरूले सहमतिको कोसिस गरिरहेका छन्। बालेनका प्रमुख सल्लाहकार मानिने कुमार व्यञ्जनकार (कुमान बेन), रास्वपा नेता असीम शाह र आसिफ शाहले सहमतिका लागि कोसिस गरिरहेका छन्। उनीहरूले सहमतिका लागि लिखित ड्राफ्टमै काम गरिरहेका छन्।

तीनै जनाले बिहान रविसँग पनि भेटेका छन्। सो भेटले चुनावी तालमेल मात्र नभई तीनै शक्ति मिलेर पार्टी एकतासम्म गर्ने वातावरण बनेको स्रोतको दाबी छ।

‘जुन किसिमको प्रयास भइरहेको छ। त्यसले काम गरे सम्भवतः आजै लिखित सहमति पनि जुट्न सक्छ,’ स्रोतले भन्यो,‘भोलि(शनिवार) सहमतिको घोषणा गर्ने गरी वातावरण बन्ने अवस्था पनि छ।’

कुमार, असीम र आसिफले बालेनसँग भेटेर समन्वय गर्ने बताइएको छ। बालेन यति बेला काठमाडौं महानगरको नगर सभामा व्यस्त भएकाले नगर सभा सकिए लगत्तै छलफल भएर ‘ब्रेक–थ्रु’ हुनसक्ने बताइएको छ। -नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖