काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपासँग)को सहमतिमा हस्ताक्षर गर्नुअघि घिसिङ र बालेनबीच भेटवार्ता हुने भएको हो ।
बालेननिकट स्रोतका अनुसार उनी शनिबार गोदाबारीबाट निस्किएर सिधै कुलमान भेट्न निस्किएका हुन् ।
कुलमान घिसिङनिकट स्रोतले पनि बालेन र घिसिङबीच भेटवार्ता हुने पुष्टि गरेको छ ।
