• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कुलमानका कारण रोकियो रवि-बालेन सहमति


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीच हुने भनिएको सहमति ऊर्जामन्त्री कुलमान घिसिङका कारण रोकिएको खुलेको छ ।

शुक्रबार नै हस्ताक्षर हुने दाबी गरिएको सहमतिका क्रममा कुलमान घिसिङलाई छलफलमा सहभागी बगराइएपछि सहमति निष्कर्षमा पुग्न नसकेको हो ।

रास्वपाका तर्फबाट छलफलमा सहभागीहरू दुई पक्ष सहमत भएपछि हस्ताक्षरका लागि तयार भएपनि मेयर बालेन पक्ष भने कुलमान घिसिङलाई पनि सँगै लैजानुपर्ने पक्षमा देखिएपछि सहमति शनिबारसम्म पनि निष्कर्षमा पुगेको छैन ।

यसका लागि शनिबार बालेन स्वयंले कुलमानसँग छलफल थालेका छन् । उनीहरूको भेटस्थल भने गोप्य राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖