• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

शेखरले पनि औंल्याए राजा फर्किने खतरा, यस्तो छ दुईवटा बाटो….


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा राजा फर्किने खतरा बाँकी नै रहेको टिप्पणी गरेका छन् । प्राइमा टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता कोइरालाले आन्दोलन वा यो संविधान खारेज भएर अर्को संविधान बन्दाखेरी राजा फर्किन सक्ने खतरा कायमै रहेको बताएका हुन् । उनले जेन–जी आन्दोलनको क्रममा पनि राजा फर्काउनेबारेमा बहस भएको आफूले थाहा पाएको बताए ।

‘नेपालमा अहिले राष्ट्रपति हुनुहुन्छ । त्यो मियो भएर बस्नुपर्यो । राजा फर्किन्छन्, फर्किदैनन् यो डिभेटको विषय होइन । आन्दोलनले फर्किन सक्छ, । यो संविधान खारेज भएर फेरि संविधान बनाउँदाखेरी आउन सक्छन् नि त । त्यो समस्या छैन भनेर म भन्दिनँ । त्यो एकदम छ । यो विषयलाई धेरै अगाडि नलग्नुस् । अस्ती जेन–जीको बेलामा पनि त ल्याउने भनेर आइरहेको थियो । तर, पहिला राष्ट्रलाई बचाउनुपर्यो,’– उनले भने ।

उनले अहिले देश अत्यन्त गाह्रो अवस्थामा रहेको बताए । तराईको बाटो प्रयोग गर्दै बंगलादेशबाट मुस्लिमहरु आइराखेको, क्रिश्चियनहरुको संख्या बृद्धि भइरहेको भन्दै अहिले नेपाल अप्ठ्यारो अवस्थामा रहेको बताए । अब सबैले सोचीविचार गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖