• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पदबाट हटेको तीन महिनापछि बालुवाटारमा ओली


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हटेको तीन महिनापछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ओली भदौ २४ गते जेनजी आन्दोलनका बेला बालुवाटारबाट हेलिकप्टरमा भागेका थिए ।

उनी शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचनबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । छलफलमा अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी छन् ।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖