• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बालेनसँगको सहमतिपछि काठमाडौँको भावी मेयरमा रविका दाजुको दाबी !


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच सात बुँदे सहमति भएकाेमा रवि लामिछानेका दाजु हरिशरण लामिछानेले खुसी व्यक्त गरेका छन् ।

साथै उनले काठमाडौँ महानगरपालिकाको भावी मेयरमा आफ्नो दाबी रहने सङ्केत गरेका छन् । उनले काठमाडौँ महानगरमा आफ्नो स्वतन्त्र उम्मेदवारी रहने सम्भावना रहेको उल्लेख गरेका हुन् ।

उनले लेखेका छन्– ‘दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖