• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

माघ ६ अघि बालेनले दिनुपर्छ काठमाडौँको मेयरबाट राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । रास्वपासँगको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदीय राजनीतितर्फ पाइला चाल्ने भएका छन् । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तय भएको छ ।

सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । ९ बुँदे निर्वाचनपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारी बन्ने सहमतिअनुसार बालेनले निर्वाचनमा भाग लिनुपर्ने छ ।

तर, निर्वाचनमा भाग लिनका लागि उनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । त्यसका लागि उनले ६ गते नै वा त्यो भन्दा अघि राजीनामा दिइसक्नुपर्ने निर्वाचन आयोग स्रोतले बतायो ।

उनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको कार्यवाहक नेतृत्व सम्हाल्नुपर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖