काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः जाँचबुझ आयोगमा आफ्नो भनाइ राख्न सहमत भएका छन् ।
नेकपा एमाले एवं जाँचबुझ आयोग सम्बद्ध स्रोतका अनुसार, सिंहदरबारस्थित आयोगको सचिवालयमा उपस्थित भएर बयान नदिए पनि ओलीले कुनै न कुनै रूपमा आयोग समक्ष आफ्नो भनाइ राख्न तयार भएका हुन् ।
एमाले उच्च स्रोतका अनुसार शीर्ष राजनीतिक तहमा यसबारे एक प्रकारले सहमति नै भइसकेको छ । एमाले स्रोतले भन्यो ‘बयान दिन भनेर कतै जानु हुन्न, तर गुन्डुमै गएर आयोगका प्रतिनिधिहरूले कुरा गर्न सक्नुहुन्छ ।’
ओलीको बयानबारे आयोगका पदाधिकारी पनि लचकता अपनाउन तयार रहेको उक्त स्रोत बताउँछ ।
