• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बयान दिनको लागि रमेश लेखक भोलि आयोग जाने


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ पुष । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटनाको विषयमा बयान दिनको लागि जाँचबुझ आयोग जाने भएका छन् । लेखकले भोलि (सोमबार) आयोगमा पुगेर बयान दिने भएका हुन् । तत्कालिन गृहमन्त्रीको हैसियतमा आयोगले लेखकलाई बयानको लागि पत्राचार गरिसकेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत उनलाई बयानको लागि आयोगमा जान सुझाव दिईएको थियो । उनले आफूलाई शुक्रबार नै बयानको लागि बोलाईएको भएपनि सोमबार जाने भनिसकेका छन् । यस्तै, आयोगले तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानको लागि बोलाउने तयारी गरेको थियो ।

तर, ओलीले आफू आयोगसमक्ष बयानको लागि नजाने अडान लिएका छन् । उनले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलसँगको भेटमा आयोगले लगाएको स्थानहदको विषयमा आफ्नो गम्भीर असहमति राखेका थिए । सरकारले ओलीलगायतमाथि लगाएको स्थानहद हटाउने तयारी गरेको छ। ओलीले भने आफू आयोगमा गएर बयान दिने तर लिखित जवाफ भने पठाउने सन्देश सरकारसमक्ष पठाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖