• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

एमालेले आज निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउँदै


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा (एमाले) ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो।

एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको छ।

एमलेले पूर्व उपाध्यक्ष बराल, सचिव पद्मा अर्याल,अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल, युवा संघकी पूर्व .अध्यक्ष निरु पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी र पूर्वसहरी विकास मन्त्री मन्जु चौधरीको नाम पेश भएको हाे। सचिवालय बैठकले पारित गरेको समानुपातिक उम्मेदवारको सूचीमा केही थपघट गर्न जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको छ।

यसैबीच सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले ईश्वर पोखरेललाई समानुपातिकको एक नम्बरमा राख्नुपर्ने बताएका थिए।

विस्ट र भट्टराईले पार्टीमा एकता कायम गर्न ईश्वर पोखरेललाई समानुपातिकको एक नम्बरमा राख्नुपर्नेमा जोड दिएका हुन्। ‘समानुपातिक छान्दा मापदण्ड बनाऔं, योग्यता, क्षमता, क्रियाशीलता मानक राखौं,’ उनीहरूले भने।

एमालेको ११औँ महाधिवेशनपछि आइतबार पहिलो पटक सचिवालय बैठक बसेको हो। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖