• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री कार्कीको राजीनामा र निर्वाचन प्रक्रिया बन्दको मागसहित जेन-जीको नाराबाजी


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ पुस । निर्वाचन आयोगमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूचीको बुझाउने प्रक्रिया चलिरहँदा जेन–जीहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले निर्वाचन प्रक्रिया बन्द गर्न र प्रधानमन्त्री सुशीला कार्कीको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

‘निर्वाचन धोका हो, नालायक सरकार मुर्दावाद, निर्वाचन प्रक्रिया बन्द गर, भ्रष्टलाई कारबाही गर, सुशीला कार्की राजीनामा दे, प्रहरी दमन मुर्दावाद, हत्यारालाई कारबाही गर, जेन–जीको माग पूरा गर’ लगायतका नाराबाजी गरेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनरत केही जेन–जीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘हामी निर्वाचन मान्दैनौं । जेन–जीले निर्वाचनलाई बहिस्कार गर्छ । जेन–जीका माग पूरा नगरेर, हत्याराहरु, भ्रष्टलाई कारबाही नगरेर चुनाव मानिँदैन । हामी चुनाव हुन दिँदैनौं,’– प्रदर्शनमा सहभागी एक जेन–जीले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖