• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बालेनलाई चुनावमा हराउने हर्क साम्पाङको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ पुष ।धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको लागि भावी प्रधानमन्त्री रुपमा अघि सारेका बालेन शाहलाई चुनावमा हराउने घोषणा गरेका छन् ।

उनले बालेन जहाँबाट चुनावमा उठेपनि आफूहरुले त्यहीँबाट हराउने घोषणा गरेका छन् । साम्पाङले फेशबुक पेजमा लेखेका छन्–‘बालेनलाई चुनावमा हराउनेछौं । जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौं ।’

यसअघि उनले देशलाई माया गर्नेहरुले आफ्नो पार्टीमा खुलेर आउनुपर्ने अपिल गरेका थिए । उनले देशविरुद्ध रहनेहरुको आफूहरुलाई भोट नचाहिएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖