काठमाडौँ । निर्वाचन आयोगले कुन जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउने भनी रकमको सीमा तोकिदिएको छ ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले आज विभिन्न स्थानका निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धा गर्न लागेका प्रत्यक्षतर्फका उम्मेदवारहरूका लागि अधिकतम चुनावी खर्चसीमा तोकिदिएको हो । जसअनुसार २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने/पाउनेछन् ।
१. लेबुङ–१
२.पाँचथर–१
३. संखुवासभा–१
४. सोलुखुम्बु–१
५. खोटाङ–१
६. दोलखा–१
७. रामेछाप–१
८. काभ्रेपलाञ्चोक–१
९. काभ्रेपलाञ्चोक–२
१०. मकवानपुर–१
११. मकवानपुर–२
१२. गोरखा–१
१३. लमजुङ–१
१४. अर्घाखाँची–१
१५. रोल्पा–१
१६. प्यूठान–१
१७. दाङ–१
१८. बर्दिया–१
१९. बर्दिया–२
२०। सल्यान–१
२१. डोल्पा–१
२२. हुम्ला–१
२३. जाजरकोट–१
२४. बाजुरा–१
२५. डोटी–१
२६। बैतडी–१
Riddisiddi jewellers
साथै उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने र त्यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार प्रतिनिधिको तर्फबाट निकासीको नाम नामेसीसहित विवरण निर्वाचन अधिकृतको कार्यालय तथा प्रदेश जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।
त्यसरी उम्मेदवारले आयोगले तोकेको खर्चको विवरण र सो विवरणमा खर्च गर्न र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७४ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने छ ।
राजनीतिक दल वा उम्मेदवारले निर्वाचन (खर्च तथा सजाय) ऐन, २०७३ को दफा ३७ बमोजिम निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गर्नसमेत आयोगले भनेको छ ।
