• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सल्लाह माग्न आए दिन्छु, मैले कसैलाई नलड्नु भन्न मिल्दैन- देउवा


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा के लडौं भन्दै सल्लाह माग्न आउनेलाई आफू सुझाव दिन तयार भएको बताएका छन्।

मंगलबार बिहान आफ्नै अस्थायी निवास धुम्बाराहीमा पत्रकारहरूसँग कुरा गर्दै उनले विधानले आफूलाई पुनः सभापति बन्न नदिएको भन्दै आफू सबैका लागि सल्लाहकार भएर बस्न तयार रहेको बताए । तर कसैलाई अधिवेशन लड्ने/नलड्ने निर्देशन दिन आफूले नमिल्ने उनको भनाइ छ ।

देउवाले आफूले अहिलेसम्म टिमको नेता को भनेर प्रष्ट नपारेको समेत दाबी गरे। ‘कार्यवाहक पूर्णबहादुर छन् । उनले लड्छु भन्यो भने नलड भन्न मिल्दैन’, देउवाले भने, ‘मेरा लागि सबै समान छन् । अरू पनि लड्छु भन्दै आयो भने मैले नलड भन्न मिल्दैन । कोही लड्छु भन्दै आए सुझाव दिन सक्छु ।’

उनले पार्टीमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने भन्दै सबै क्षमतावान् भएकाले सोही अनुसार प्रतिस्पर्धा गर्नुपर्ने पनि बताए ।

‘विधानमै ५० प्रतिशत नकटे दोस्रो चरण जान्छ । दोस्रो चरणमा को-को जान्छन् त्यो पनि हेर्नुपर्छ’, देउवाले भने,‘मैले भनेर चाहेर मात्रै पनि हुँदैन, हेरौं न !’

महाधिवेशनको प्रसंगमा उनले निर्वाचनअघि हुने महाधिवेशनले पार्टीलाई चुनावमा असर पार्ने पनि बताए।

‘महाधिवेशनमा रुष्ट बनेकाहरूले चुनावमा असर पार्छन् । त्यसैले चुनावअघि महाधिवेशन भन्दा पनि निर्वाचनमै जानुपर्छ’, देउवाले सो क्रममा देउवाले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖