• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

केन्द्रीय सदस्यमा पराजित एमाले नेता रास्वपा प्रवेश गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १६ । नेकपा (एमाले) का नेता बासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन । मंगलबार राती सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घिमिरेले आफू संलग्न पार्टीको जिम्मेवारीदेखि अलग रहेको घोषणा गरेका हुन।

पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले पार्टीको जिम्मेवारीदेखि अलग भएको उनको भनाइ रहेको छ ।

‘अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो, ’उनले भनेका छन।

देशप्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त भएको उनको भनाइ छ । ‘सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव यहाँहरु सबैसँग सँगसँगै रहनेछु ।’ घिमिरेले लेखेका छन।

घिमिरे २०७४ सालमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण खाणलाई पराजित गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। त्यस्तै २०७९ सालमा काँग्रेसका भरत कुमार शाहलाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । पार्टीको लुम्बिनी प्रदेश कमिटीको अधिवेशनबाट प्रदेश सदस्यमा निर्वाचित घिमिरे हालै सम्पन्न ११ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖