समानुपातिकतर्फ रास्वपाको बन्दसूचीमा उज्यालो नेपाल पार्टीको कोटाबाट परेकी गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले उम्मेदवारी फिर्ता लिएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले यो निर्णय कुनै असन्तुष्टि नभई आफ्नो पेशागत दायित्व र दीर्घकालीन सामाजिक योगदानलाई प्राथमिकता दिँदै लिइएको बताएकी छन्।
