• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

रवि, बालेन र कुलमानलाई अदृष्य शक्तिले मिलाएको प्रचण्डको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतात्रय रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई अदृष्य शक्तिले मिलाएको आरोप लगाएका छन् । आज सङ्खुवासभामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नेतात्रयलाई जवरजस्ती अपहरण शैलीमा अदृष्य शक्तिले मिलाएको दाबी गरेका हुन् ।

‘अपहरणको शैलीमा ल्याएर, फलानोसँग एकता र फलानोलाई प्रधानमन्त्री मान्ने कि नमान्ने ? मान्ने भए ठिक छ नत्र फेरि मुद्दा, फेरि जेल, फेरि नागरिकता, फेरि पासपोर्ट भनेर एकता गरिएको भन्ने एउटा कार्यक्रम बडो गम्भीर कार्यक्रम मैले आज बिहान सुनेको थिएँ। यो कुराप्रति गहिरो गरी विचार गर्न अपिल गर्छु, हुन त कति अपहरण हो, होइन त्यो त भोलि घटनाक्रम देखिँदै जाला,’– उनले भने ।

साथै, प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा झन्डै बिहानै बेलुका पार्टी प्रवेशको लहर चलेको चल्यै रहेको बताए । अब एउटा एकताको धारा र यो एकताको बलमा नेपाली जनताको एकता, तराई मधेशदेखि पहाड हिमालसम्म सबै जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग, समुदायलाई एकताबद्ध गरेर राष्ट्र जोगाउने सङ्कल्प नेपाली कम्युनिष्ट पार्टीले लिएको पनि प्रचण्डले बताए ।

आफूहरुले कसैलाई जबरजस्ती एकतामा आऊ नभएको उनले बताए । आआफ्नो विवेक प्रयोग गरेर आआफ्नो विचार प्रयोग गरेर, आफ्नो एजेन्डासँग सहमत हुनेहरूलाई स्वेच्छापूर्वक राष्ट्र जोगाउने संकल्पसहित जनता जोगाउने नयाँ सङ्कल्पसहित, आफै परिवर्तित हुने सङ्कल्पसहित आफूहरु एकताको पक्षमा रहेको पनि प्रचण्डले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖