• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कुलमान घिसिङ रास्वपा प्रवेश गरेको सरकारलाई थाहा छैन


  • धनकुटा खबर
  • .

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् ।

शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने समेत बताए ।

‘कुलमान घिसिङ मन्त्रीज्यू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो भनेर तपाईंहरूले मलाई सुनाइराख्नुभएको छ, सरकारमा औपचारिक रुपमा त्यसको जानकारी आएको छैन ,’ उनले भने, ‘औपचारिक रुपमा त्यो जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र उहाँको तर्फबाट लिनुपर्ने निर्णय हुन्छ ।’

सरकारको मन्त्रीमात्रै नभइ जोकोही योग्य नागरिक चूनावमा उठ्न पाउने भन्दै उहाले पद र शक्तिको दुरुपयोग भने गर्न नमिल्ने उल्लेख उनले गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖